यस्ताे छ आज बजारमा सुनचाँदीकाे मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनकाे मूल्य तोलामा १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ५३ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि  १ लाख ५३ हजार ३ सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला १ हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार सात सय ९५ निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *