बढ्यो आज पनि सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ ।

आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ । शनिबार सुन प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो चार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँले बढेको छ । गत बुधबार सुनको भाउ घटेर प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ३ हजार २ सय १५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *