‘लोकेसन पत्ता लागिसक्यो’ भनेको दुई वर्ष पुग्यो, जीबी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौं । ‘जीबी राई मलेसियामा बसेको ठाउँ पत्ता लागिसक्यो, नेपाल ल्याउन छलफल भइरहेको छ’—२०८१ असार ६ गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर यस्तो बताउनुभएको थियो ।

तर लामिछानेले जीबी राईको लोकेसन पत्ता लागेको दाबी गरेको लामो समय बितिसक्दा पनि सहकारी ठगी प्रकरणमा फरार राई नेपाल ल्याइन सकेका छैनन् ।

अहिले रास्वपा नेतृत्वको सरकार रहेको अवस्थामा समेत जीबी राईलाई नेपाल ल्याउने विषय टुंगोमा पुग्न नसकेपछि लामिछानेकै पुरानो अभिव्यक्ति फेरि चर्चामा आएको छ ।

त्यतिबेला ‘लोकेसन पत्ता लागिसकेको’ भनिएका राईलाई अहिलेसम्म पक्राउ गर्न नसक्नुको कारण के हो? सरकारसँग यसको जवाफ कहिले आउँछ?

अब सर्वसाधारणको प्रश्न छ, लोकेसन पत्ता लागिसकेका जीबी राई आखिर कहिले पक्राउ पर्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *