बाढीपीडितको सहारामा एचबीएसए नेपाल, पहिलो चरणमा १६० परिवारलाई राहत वितरण

काठमाडौं । हिमालयन बाइबल अध्ययन प्रतिष्ठान ( एचबीएसए नेपाल)ले बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि राहत सामग्री वितरण सुरू गरेको छ ।

संस्थाले राहत अभियानको पहिलो चरणअन्तर्गत बेलकोट नगरपालिका–८ का १०० परिवारलाई इन्फ्रारेड कुकर सेट, ब्ल्याङ्केट, सिरानी, डस्ना,तन्ना सहितको सेट वितरण गरेको हो ।

त्यस्तै, विदुर नगरपालिका–१ का ६० घरपरिवारलाई ग्यास सिलिन्डर, ग्यास चुलो लगायतका सामग्रीसहितको राहत सेट वितरण गरिएको संस्थाले जनाएको छ । प्रभावित परिवारका लागि इन्फ्रारेड कुकर सेट, ब्ल्याङ्केट, सिरानी, डस्ना,तन्ना सहितको सेट वितरण समेत वितरण गरिएको छ ।

राहत सामग्री सम्बन्धित वडा कार्यालय तथा नगरपालिका र स्थानीय तहसँगको समन्वयमा आवश्यकता पहिचान गरी वितरण गरिएको जनाइएको छ । स्थानीय तहसँगको समन्वयमा गरिएको राहत वितरणबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्रीको अभाव पूर्ति गर्न सहयोग पुगेको बताइएको छ।

एचबीएसए नेपालका उपाध्यक्ष अनुरोध लामाले विपद्को कठिन समयमा पीडित परिवारको पीडामा आफूहरू पनि सँगै उभिन पाएकोमा खुसी व्यक्त गर्नुभयो
। उहाँले राहत सामग्री वास्तविक आवश्यकतामा रहेका परिवारसम्म पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।

यस्तै, संस्थाका कानुनी सल्लाहकार तथा अधिवक्ता केदार खड्काले बाँकी राहत सामग्रीहरू पनि व्यवस्थित र आवश्यकताका आधारमा सम्बन्धित प्रभावित परिवारसम्म पुर्‍याइने जानकारी दिनुभयो । राहत वितरण स्थानीय तह तथा वडा कार्यालयसँगको समन्वयमा हुने दिइने उहाँको भनाइ छ ।

संस्थाका अनुसार राहत अभियानलाई आगामी चरणमा पनि निरन्तरता दिइनेछ । रसुवा, धादिङ लगायतका प्रभावित जिल्लाहरूमा आवश्यकताको मूल्याङ्कन गरी राहत सामग्री पुर्‍याउने तयारी भइरहेको संस्थाले जनाएको छ ।

विपद्को समयमा प्रभावित समुदायलाई तत्काल आवश्यक पर्ने खाना पकाउने सामग्री, न्यानो कपडा तथा ओछ्यानका सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान अघि बढाइएको एचबीएसए नेपालले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *