बागलुङ । जेसीबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा बागलुङको निसीखोला गाउँपालिका–३, बोहरागाउँमा तीनजना पुरिएका छन् ।
सोमबार (असोज १९) बिहान झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा सोही स्थानका चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसीबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका तीनजना पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
माटोमा पुरिने कामदारमा लालबहादुर बुढाथोकी, राजु थापामगर र कृष्णबहादुर घर्ती हुन् । घर्तीलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ । अरू दुईजनाको उद्धार कार्य भइरहेको छ ।
