काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
आफू विदेश भ्रमणमा रहँदा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्न सिफारिस गर्नुभएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री शाह असोज ८ गते महासभालाई सम्बोधन पश्चात १०गते नेपाल फर्कनुहुनेछ ।
