काठमाडौं । नेपाली कांग्रेसको वडा तहदेखि केन्द्रीय तहसम्म नयाँ पुस्ताको नेतृत्व स्थापित हुने क्रमसँगै कीर्तिपुर नगरपालिका–४ वडा कार्यसमितिका प्रमुख पदहरूमा युवाको उल्लेख्य उपस्थिति देखिएको छ।
कीर्तिपुर–४ को वडा कार्यसमितिको सभापतिमा युवा उम्मेदवार त्रिबीन बस्न्यात मतदान प्रक्रियामार्फत अत्यधिक मतान्तरले निर्वाचित भएका छन् । त्यस्तै, उपसभापतिमा ईन्द्र बुढाथोकी र सचिवमा प्रज्वल सिग्देल जिम्मेवारीमा आएका छन् ।
वडा तह पार्टी संगठनको आधारभूत संरचना भएकाले यस तहमा नयाँ पुस्ताले नेतृत्व सम्हाल्नुले स्थानीय संगठन सञ्चालन, सदस्यहरूसँगको समन्वय तथा आगामी पुस्ताको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नयाँ कार्यसमितिमा सभापति त्रिबीन बस्न्यात, उपसभापति ईन्द्र बुढाथोकी र सचिव प्रज्वल सिग्देलसहित युवाको नेतृत्वमा वडा संगठन अघि बढ्ने भएको छ ।
यसलाई कांग्रेसभित्र तल्लो तहबाटै नयाँ पुस्तालाई संगठनात्मक जिम्मेवारी दिने पछिल्लो प्रक्रियाको स्थानीय नमुनाका रूपमा लिन सकिन्छ । वडा तहमा युवाको नेतृत्वसँगै संगठनलाई थप सक्रिय, प्रविधिमैत्री र स्थानीय मुद्दासँग जोड्ने विषय कार्यसमितिको प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।
