काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को आकस्मिक बैठकले रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि ३४ वटा हेलिकोप्टर परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, राहत सामग्री ढुवानी र आवश्यक स्वास्थ्य सेवाका लागि हेलिकोप्टर परिचालन गर्ने निर्णय गरेको हो ।
भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउने उद्देश्यले ठूलो संख्यामा हेलिकोप्टर परिचालन गर्न लागिएको हो ।
