रसुवा बाढी अपडेट: नुवाकोट र धादिङमा ७ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार नुवाकोटमा ४ जना र धादिङमा ३ जनाको शव भेटिएको हो । बाढीका कारण भएको मानवीय क्षतिको पुष्टि गर्दै उनले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको बताउनुभयाे ।

डीआईजी रेग्मीका अनुसार बाढी प्रभावित क्षेत्रबाट दुई जना घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।

भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदीमा मिसिएपछि नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धार तथा खोजी कार्यमा परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बाढीबाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रमा खोजी, उद्धार र क्षतिको विवरण संकलन गर्ने काम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *