रसुवा । भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी र मैलुङलगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये ५ जना टिमुरे क्षेत्रबाट सम्पर्कमा आएका छन् । १६ जना प्रहरी भने अझै सम्पर्कविहीन रहेका छन् ।
सम्पर्कविहीन हुनेमा स्याफ्रुबेँसीमा कार्यरत ९ जना प्रहरीसहित रसुवागढी र मैलुङ क्षेत्रमा खटिएका प्रहरीहरू रहेका छन् । बाढीले ती क्षेत्रमा रहेका प्रहरी चौकी तथा अन्य संरचनामा समेत क्षति पुर्याएको आशंका गरिएको छ ।
सम्पर्कविहीन प्रहरीहरूको अवस्था यकिन हुन नसकेकाले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । बाढीबाट रसुवाका विभिन्न बस्ती, सडक तथा सरकारी संरचनामा समेत व्यापक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
