आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, युके पाउण्डको भाउ बढेको छ । आज अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र जापानी ऐनको भाउ पनि बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ७३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ २९ पैसा थियो ।

आज युरो एकको खरिददर १ सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ८८ पैसा छ । हिजो युरो एकको खरिददर १ सय ७६ रुैपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ३६ पैसा थियो ।

पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज पाउण्ड स्टर्लिङ एकको खरिददर २ सय ४ रुपैयाँ ९० पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ७० पैसा छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिददर २ सय ४ रुपैयाँ २४ पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ५ पैसा थियो ।

आज अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ६९ पैसा छ ।

क्यानेडियन डलरको भाउ पनि आज बढेको छ । आज क्यानेडियन डलर एकको खरिदर १ सय ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ २६ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिदर १ सय ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ १४ पैसा थियो ।

आज सिंगापुर डलरको भाउ पनि बढेको छ । आज सिंगापुर डलरको एकको खरिददर १ सय १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ४५ पैसा छ । हिजो सिंगापुर डलरको एकको खरिददर १ सय १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ २० पैसा थियो ।

जापानी ऐनको भाउ पनि बढेको छ । जापानी ऐन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा छ । हिजो जापानी ऐन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *