काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ७९ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २ सय ७ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ११ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४ सय ९८ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ४ सय ३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४ सय ५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय ९६ रुपैयाँ ८८ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
