काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भारतको कलकत्ताबाट पक्राउ गरी नेपाल ल्याइँदैछ ।
अर्यालविरूद्ध मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गर्ने प्रणालीलाई निरन्तरता दिन भएको निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ । सोही प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो ।
मुख्यसचिव नियुक्त हुनुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका अर्यालमाथि त्यही समयको निर्णय प्रक्रियालाई लिएर अनुसन्धान भइरहेको हो ।
करिब सात लाख नेपाली श्रमिकसँग जोडिएको यस प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म अनुसन्धानको दायरामा परेका छन् ।
