चितलाङमा राजदूत बास : इजरायलमा तालिम लिएका किसानहरूको व्यवसायीक खेती अवलोकन

मकवानपुर । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले साना किसान लघु वित्त बित्तीय संस्था लिमिटेडको टोलीसहित मकवानपुरको चित्लाङमा एक कृषि फार्मको अवलोकन गर्नुभएको छ ।

मकवानपुरको चित्लाङ गाउँमा पुगेर इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी भइ फर्किएका किसान  सुशील गोपाली र पुरुषोत्तम लमिछानेको सफल कृषि फार्ममा राजदूतसहितको टोलीले अवलोकन गर्नुभएकाे हो ।

सन् २०१४ र २०१७ मा इजरायलमा तालिम लिएका यी किसानहरूले स्वदेश फर्केर आधुनिक प्रविधि, ग्रिनहाउस र दक्ष सिंचाइ प्रणालीको प्रयोग गरेर व्यवसायीक खेती गरिरहेका छन् । उनीहरूको प्रयासले स्थानीय किसानहरूलाई पनि प्रेरित गरिरहेको छ।

“भ्रमणका क्रममा राजदूत बासले नेपाल–इजरायल कृषि सहकार्यको सकारात्मक प्रभावलाई नजिकबाट अवलोकन गर्नुभयो ।”, दूतावासले भनेकाे छ । साथै, ज्ञान र वित्तीय पहुँच मिल्दा ग्रामीण क्षेत्रमा दिगो विकास सम्भव हुने सन्देश पनि दिएको दूतावासले जनाएकाे छ ।

यो भ्रमणले द्विपक्षीय सहकार्यको परिणामस्वरूप ग्रामीण कृषि उद्यमशीलता सुदृढ हुँदै गएको पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *