तीव्र हावाहुरीको चेतावनीः४ प्रदेशमा उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । बुधबार देशका चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै  देशका चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो ।

प्राधिकरणका अनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको प्रभाव पर्नेछ। यो प्रणाली बुधबार साँझदेखि सुरु भई बिहीबार बिहानसम्म रहने अनुमान गरिएको छ। हावाहुरीसँगै मेघगर्जन, चट्याङ, असिना तथा वर्षा पनि हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।

तीव्र हावाहुरीका कारण रुख ढल्ने, कच्ची तथा कमजोर संरचना भत्किने, घरका छाना उड्ने, विद्युत र सञ्चार सेवा अवरुद्ध हुने जस्ता जोखिम बढ्ने प्राधिकरणले चेतावनी दिएको छ। यसले दैनिक जनजीवन, यातायात तथा सेवा प्रवाहमा असर पार्न सक्ने जनाइएको छ।

यस सन्दर्भमा प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी हावाहुरीको समयमा घरबाहिर ननिस्कन, झ्याल–ढोका राम्रोसँग बन्द गर्न, ढल्न सक्ने संरचना तथा रूखबाट टाढा रहन, विद्युतका तार नछुन र आगलागीबाट बच्न सावधानी अपनाउन अनुरोध गरिएको छ।

साथै, मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा हेर्न र सरकारी निकायबाट जारी सूचना पालन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

मौसम विज्ञान विभागको अनुरोधः

Leave a Reply

Your email address will not be published. Required fields are marked *