सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुरबाट प्रहरीले करिब २० क्विन्टल गाँजा बरामद गरेको छ ।
फतेपुर टोलमा भण्डारण गरेर राखिएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो । सोही क्रममा घरमा भण्डारण गरी राखिएको करिब २० क्विन्टल गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
