यस्तो छ आजकाे विदेशी मुद्राको विनिमयदर

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ तीन पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ८९ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १५ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६ रुपैयाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८१ पैसा र बिक्रीदर २२ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ८१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४ सय ८३ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३ सय ९२ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ सय ८४ रुपैयाँ ४९ पैसा रहेको छ। यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *