काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ०९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७० रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर १ सय ९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ९७ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ८९ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४० रुपैयाँ २४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४ सय ८० रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३ सय ८९ रुपैयाँ ७५ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ८२ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
