बढ्याे आज सुनचाँदीकाे मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २ सय ४५ रुपैयाँ बढेर ५ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *