काठमाडौं । नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंक बढेको छ । सो वृद्धिपछि २६३८ अंकमा कायम भएको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब २३ करोड पुगेको छ ।
आज ३२८ वटा धितोपत्रको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच भएको हो । मंगलबार २१३ कम्पनीको सेयरमूल्य बढेको छ भने ४२ वटाको घटेको छ । यस्तै, ६ कम्पनी स्थिर छन् ।
आज साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४८३ रूपैयाँ १० पैसा कायम भएको छ ।
यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.३१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७२ रूपैयाँ २० पैसा पुगेको छ ।
यसैगरी, नेपाल एसबिआई बैंकको मूल्य सर्वाधिक घटेको छ । उक्त कम्पनीको मूल्य ४.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४०८ रूपैयाँ ८० पैसा पुगेको छ ।
यस्तै, आरबिबी म्युचुअल फण्ड-२ को मूल्य ३.४० प्रतिशतले घटेर कित्ता कित्ता मूल्य ९ रूपैयाँ ६६ पैसा कायम भएको छ ।
मंगलबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजर ८७१ रूपैयाँमा ३७ करोड ७२ लाख बराबरको सेयर कारोबार भएको हो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.७१ प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आखुँखोला जलविद्युत रहेको छ । उक्त कम्पनीको ३६५ रूपैयाँमा २४ करोड ६९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।
यसमध्ये होटल्स तथा पर्यटनसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशतले बढेको छ ।
