झापा-५ मा रञ्जित तामाङको चर्चा झनै चुलियो

प्रदिप खड्का, काठमाडाै‌ं । नेपाल कम्युनिष्ट पार्टी झापा-५ का उमेदवार रन्जित तामाङको चर्चा झनै चुलिएको छ ।

एमालेकाे तर्फबाट सोही क्षेत्रमा उमेदवार रहेका अध्यक्ष केपी ओली लगाएत अन्य उमेदवारहरूसँग भएको सार्वजनिक डिबेटपछि झापामा तामाङप्रति मतदातको धारणा सकारात्मक तरीकाले फेरिएको हो ।

झापा-५ का उमेदवार रञ्जित तामाङ

स्थानीय जनताले जनताको असली उमेदवार तामाङ नै रहेको भन्दै प्रसंसा समेत गरेका छन् । ईमेज टेलेभिजनले आयोजना गरेको उक्त डिबेट कार्यक्रममा तामाङले ‘तपाईं ४८ सालदेखि ५ पटक सांसद र तीन/तीन पटक प्रधानमन्त्री बन्दा पनि झापा उस्तै रहेको छ के चैं गर्नुभयो’? भन्दै कडा प्रश्न गरेपछि उपस्थित स्थानीयले तालि पड्काएर समर्थन जनाएका थिए ।

उनले भ्यु टावर होइन पुर्व प्रधानमन्त्री ज्यु झापाका जनताले टेलीकमको टावर खोजेका छन भन्दै कडा टिप्पणीसमेत गरेका थिए ।

अहिले उनको यही प्रश्न चर्चाको विषय बनेको हो । ओलीलाई सो डिबेट कार्यक्रममा तामाङले उठाएका विषय भारी पर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *