फागुन २१ को निर्वाचनलाई निष्पक्ष बनाउनु सबैको दायित्व: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढ्न नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले निरंकुश शासनविरूद्ध नेपाली जनताले गरेको ऐतिहासिक सङ्घर्ष र बलिदानीको स्मरण गर्नुभएकाे हाे ।

जनताको एकताबद्ध शक्तिले नै लोकतन्त्र र राजनीतिक स्वतन्त्रता सम्भव भएको भन्दै उहाँले यस दिनलाई प्रेरणाको स्रोतका रूपमा चित्रण गर्नुभयाे । भण्डारीले लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्थाका रूपमा मात्र नभई जीवन पद्धति र संस्कारका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।

संविधानले दिएका अधिकार र कर्तव्यको सन्तुलित प्रयोग गर्दै लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउनु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि सबै नागरिक निरन्तर सचेत र प्रयासरत रहनुपर्ने उल्लेख गर्नुभएकाे छ ।

विशेष गरी वर्तमान राजनीतिक परिस्थितिलाई नियाल्दै पूर्व राष्ट्रपति भण्डारीले आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको महत्त्वबारे चर्चा गर्नुभएकाे छ । उक्त निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय ढङ्गले सम्पन्न गराउनु सबै सरोकारवाला र नागरिकको साझा जिम्मेवारी भएको उहाँले स्पष्ट पार्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *