काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १ सय ७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २ सय १ रुपैयाँ ०७ पैसा र बिक्रीदर २ सय १ रुपैयाँ ८९ पैसा
अष्ट्रेलियन डलर एकको खरिददर १ सय २ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ८१ रुपैयाँ १० पैसा र बिक्रीदर ४ सय ८३ रुपैयाँ ०७ पैसा , बहराइन दिनार एकको खरिददर ३ सय ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३ सय ९१ रुपैयाँ १९ पैसा , ओमनी रियाल एकको खरिददर ३ सय ८२ रुपैयाँ र बिक्रीदर ३ सय ८३ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
