काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाएर केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । सरकारले कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीमाथि कुनै कारबाही नभएको स्पष्ट पार्दै यसलाई जिम्मेवारी हेरफेरको संज्ञा दिनुभएको छ ।
यद्यपि, उहाँले प्रहरी नेतृत्व परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समेत निर्देशन आएको उल्लेख गर्नुभएको छ ।
यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा नयाँ अनुहार आएको छ भने कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारका रूपमा नयाँ जिम्मेवारी सम्हाल्नुहुनेछ ।
