विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य आज पनि उकालो लागेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकन डलर एकको खरिददर १ सय ४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८७ पैसा तोकिएको थियो ।

आज युरोको भाउ पनि बढेको छ । आज युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ २१ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १ सय ७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ६ पैसा थियो ।

आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १ सय ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ९२ रुपैयाँ २१ पैसा छ । यस्तै स्विस फ्रयाङ्क एकको खरिददर १ सय ८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ८५ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

आज अष्ट्रेलियन डलरको पनि भाउ बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा थियो ।

आज क्यानेडियन डलर एकको खरिददर १ सय ५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ३४ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १ सय ५ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ५ रुपैयाँ ५३ पैसा थियो ।

आज सिङ्गापुर डलर एकको खरिददर १ सय १४ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५८ पैसा तोकिएको छ । हिजो सिङ्गापुर डलर एकको खरिददर १ सय १३ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ७३ पैसा तोकिएको थियो ।

आज जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा तथा चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३ पैसा र बिक्रीदर २१ रुपैयाँ ११ पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५ पैसा र बिक्रीदर ३९ रुपैयाँ २१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३ पैसा तथा युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३ पैसा छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा छ ।

स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १३ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २ सय १२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा तथा कुवेती दिनार एकको खरिददर ४ सय ७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४ सय ८१ रुपैयाँ १७ पैसा छ ।
बहराइन दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३ सय ८९ रुपैयाँ ९५ पैसा तथा ओमनी रियाल एकको खरिददर ३ सय ८० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३ सय ८१ रुपैयाँ ८९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *