काठमाडौं । उज्यालो नेपाल पार्टी(उनेपा)को अध्यक्ष कुलमान घिसिङ नियुक्त हुनुभएकाे छ । शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिनुभयाे ।
उहाँका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको छ ।
यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सम्झौता भए पनि कुरा नमिलेपछि अव दुवै पार्टी अलग अलग चुनावमा जाने भएका छन् ।
