आजकाे लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । आइतबार पनि डलरको भाउ यही नै थियो ।

यसैगरी युरोपियन युरो एकको खरिददर १ सय ६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ २० पैसा छ । आइतबार युरोपियन युरो एकको खरिददर १ सय ६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ९५ पैसा थियो ।

युके पाउण्ड स्टर्लिङको भाउ भने आज केही बढेको छ । आज पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १ सय ९३ रुपैयाँ ८५ पैसा छ । आइतबार पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ९३ रुपैयाँ ८२ पैसा थियो ।

स्वीस फ्रयाङ्कको भाउ आज घटेको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ८२ रुपैयाँ १३  पैसा कायम गरिएको छ । आइतबार स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ८२ रुपैयाँ २४ पैसा थियो ।

यसैगरी आज अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ५ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *