काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज आइतबार एक मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।
खेल साँझ ५ बजे सुरू हुनेछ । दुवै टोलीका लागि आजको खेल अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहनेछ ।
जनकपुरले प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै जितको खाता खोलेको थियो ।
यता, पोखरा एभेन्जर्सले भने प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो ।
पहिलो जितको खोजीमा रहेको पोखरा र जितको लय कायम राख्न चाहने जनकपुरबीचको आजको प्रतिस्पर्धा रोचक हुने
अपेक्षा गरिएको छ ।
