काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ९३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ८२ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ५ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ २१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
यस्तै साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ सय ७२ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ सय ८४ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ५४ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

