सुनचाँदीको मूल्य हालसम्मकै उच्च, सुन प्रतितोला २ लाख ३ हजार नाघ्याे

काठमाडौं । आतबार बजारमा सुनचाँदीको मूल्य महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।
उता चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २ हजार ४२५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *