आजका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १ सय ४० रुपैयाँ र बिक्रीदर १ सय ४० रुपैयाँ ६० पैसा छ । मंगलबार अमेरिकी डलर एकको खरिदर १ सय ३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ४४ पैसा थियो ।

युरोपियन युरोमा भने सामान्य घटबढ देखिन्छ । आज युरोपियन युरो एकको खरिदर १ सय ६३ रुपैयाँ र बिक्रीदर १ सय ६३ रुपैयाँ ६९ पैसा कायम भएको छ । मंगलबार युरो एकको खरिदर १ सय ६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ६४ रुपैयाँ २४ पैसा थियो ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १ सय ८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ८९ रुपैयाँ ५६ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १ सय ७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर १ सय १ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ८ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४ रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८ रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ५८ रुपैयाँ १० पैसा र बिक्रीदर ४ सय ६० रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३ सय ६५ रुपैयाँ १९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *