साउन महिनामा १ अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु १ अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ५ करोड २२ लाख अर्थात् ३ दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ ।

आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् रु ७ करोड ९१ लाख ५३ हजारले बढेको उहाँले बताउनुभयाे ।

पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु ७७ करोड ३ लाखको ८ हजार ९ सय ४ किलोलिटर पेट्रोल आयात भएको थियो भने रु ४४ करोड ११ लाखको ४ हजार ६ सय ७६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, रु २० करोड ३ लाखको १ हजार ९ सय ३३ मेट्रिक टन एलपी ग्यास, रु ७ करोड ३ लाखको ७ सय ९२ किलोलिटर एटीएफ र रु १ करोड १३ लाख मूल्यको १ सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *