सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मङ्गलबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६० विन्दुमा पुगेको छ । सोमबारको बिक्री चापपछि आज बजारमा सुधार देखिएको हो ।

आजको कारोबार रकम ९ अर्ब ४१ करोड पुगेको छ, जुन सोमबारको तुलनामा उच्च हो । मंगलबार कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन् । बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै १.९२ प्रतिशतले बढेको छ ।

३१७ कम्पनीको सेयर किनबेच भएकोमा २४४ को सेयर मूल्य बढ्दा ६३ को घटेको छ । सुपर मादी हाइड्रोको सेयर ८% ले बढेर १०६४ पुगेको छ भने भगवती हाइड्रो ४.६४% ले घटेको छ । सबैभन्दा धेरै ५२ करोडको कारोबार बुटवल पावर कम्पनीको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *