लागु औषध गाँजा सहित एक जना पक्राउ

सन्तोष रूचाल, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले भेडेटारमा तेह्रथुमबाट झापाको दमकतर्फ जादै गरेको बा ५ ख ५८७७ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा ६ केजी गाँजा सहित एक युवालाई पक्राउ गरिएको प्रहरी बताएको छ ।

पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिकाका २४ वर्षीय हरिकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।
राईले आफुले भिर्ने झोलामा २ केजी ५० ग्राम र गाडीको डिक्कीमा ३ केजी ५० ग्राम गाँजा बोकेका थिए । प्रहरीले चेकजाँच गर्ने क्रममा गाँजा सहित राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *