धनकुटामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँयाे

सन्तोष रूचाल, धनकुटा । १८ औं गणतन्त्र दिवस धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवसको अवसरमा आज र्याली सहित सभाको आयोजना गरिएको छ ।

व्यानर, प्लेकार्ड र सांस्कृतिको बाजागाजा सहित धनकुटा बसपार्कबाट सुरू भएको र्याली मदनचोक, ठाडोबजार, भीमनारायण चोक, विहिवार हटिया हुदै धनकुटा नगरपालिका–५ तल्लो टुँडिखेलमा आएर सभामा परिणत भएको थियो ।

सो अवसरमा कोशी प्रदेशसभाका सदस्य निरन राई, इन्द्रमणि पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिका धनकुटाका नगर प्रमुख चिन्तन तामाङले बोल्नुभएको थियो ।
बोल्ने बक्ताहरूले लोकतान्त्रिक गणतन्त्र अहिलसम्मकै उत्तम व्यवस्था भएको उल्लेख गर्दै गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताउनुभयो । उहाँहरूले अहिले गणतन्त्रमाथि एक पछि अर्को गर्दै आक्रमण सुरू भएको बताउँदै गणतन्त्र जोगाउन सबै नेपाली नागरिकहरू एक हुन आवश्यक रहेको बताउनुभयो । र्यालीमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिकहरूको सहभागिता रहेको थियो ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । २३८ वर्षे शाहवंशीय राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको दिनलाई जेठ १५ गते गणतन्त्र स्थापना भएकोले हरेक वर्ष विभिन्न कार्यक्रम गरी धनकुटा सहित देशभर गणतन्त्र दिवस मनाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *