धनकुटामा पाँचौ संस्करणको पालिकास्तरिय महिला फुटबल प्रतियोगिता हुने

सन्तोष रूचाल, धनकुटा । धनकुटामा पाँचौ संस्करणको पालिकास्तरिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठान धनकुटाको आयोजनामा पालिकास्तरिय महिला फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यहि जेठ १४ गतेदेखि १७ गतेसम्म सहिद श्रेष्ठको स्मृतिमा प्रतियोगिता हुन लागेको हो ।

धनकुटा नगरपालिका–५ तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा धनकुटा नगरपालिकाका तीन नगरपालिका र चार गाउँपालिकाबाट सात टीमको सहभागिता रहने रामकृष्ण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष इश्वर श्रेष्ठले बताउनुभयो ।

उक्त प्रतियोगिताका विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले बताएको छ । २०३० साल चैत ३ गते तत्कालिन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा श्रेष्ठको निधन भएको थियो भने उहाँलाई सरकारले २०४७ साल माघ ३ गते सहिद घोषणा गरेको थियो । उहाँकै सम्झनामा २०७७ सालदेखि धनकुटामा महिला फुटबल प्रतियोगिता हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *