काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ७४ हजार १ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रूपैयाँ निर्धारण गरिएको छ ।

