यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं ।  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य ९ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

मङ्गलबार प्रतितोला १ लाख ६९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि १ लाख ७० हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय ५० मा किनबेच हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *