आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३८ रुपैयाँ २३ पैसा, बिक्रीदर १ सय ३८ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४० रुपैयाँ ८६ पैसा, बिक्रीदर १ सय ४१ रुपैयाँ ४७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५० रुपैयाँ ७७ पैसा, बिक्रीदर १ सय ५१ रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९८ पैसा, बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८० पैसा, बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ५६ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ, जापानी येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा, बिक्रीदर ८ रुपैयाँ ८२ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा, बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा, बिक्रीदर ३८ रुपैयाँ ८ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *