काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५० हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ४० रूपैयाँ निर्धारण गरिएको छ ।

