काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ ३७ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ २ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ६५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ४ पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५१ रुपैयाँ ४६ पैसा, बिक्रीदर १ सय ५२ रुपैयाँ १३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा, बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा, बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ४१ पैसा, बिक्रीदर १ सय रुपैयाँ ८५ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा, बिक्रीदर ८ रुपैयाँ ८५ पैसा तय भएको छ ।
साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ २ पैसा, बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा, बिक्रीदर ३७ रुपैयाँ ३० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

