विदेशी मुद्रा विनिमय दर, आज कुनको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ ४४ पैसा, बिक्रीदर १ सय ३६ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ २० पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ८३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ १७ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५३ रुपैयाँ ३० पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९७ पैसा, बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा, बिक्रीदर ९५ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ७७ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ २२ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा, बिक्रीदर ८ रुपैयाँ ९१ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ५ पैसा, बिक्रीदर ३६ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा, बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *