विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ २९ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ११ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ७४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ १९ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५२ रुपैयाँ ६५ पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा, बिक्रीदर ८७ रुपैयाँ १८ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा, बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ५० पैसा, बिक्रीदर १ सय रुपैयाँ ९४ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९६ पैसा, बिक्रीदर ९ रुपैयाँ तय भएको छ । साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ, बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा, बिक्रीदर ३७ रुपैयाँ २८ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *