यस्तो छ मंगलबारको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ २२ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ २२ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ३४ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ९७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५२ रुपैयाँ ७३ पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा, बिक्रीदर ८८ रुपैयाँ २२ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा, बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ५३ पैसा, बिक्रीदर १ सय रुपैयाँ ९८ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ, बिक्रीदर ९ रुपैयाँ ४ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा, बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ  ८ पैसा, बिक्रीदर ३७ रुपैयाँ २४ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *