काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ ८८ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ३७ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ १ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७० रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५२ रुपैयाँ ६१ पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ २९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा, बिक्रीदर ८८ रुपैयाँ ७ पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा, बिक्रीदर ९६ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ३९ पैसा, बिक्रीदर १ सय रुपैयाँ ८३ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा, बिक्रीदर ८ रुपैयाँ ९२ पैसा तय भएको छ ।
साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा, बिक्रीदर ३६ रुपैयाँ ७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ, बिक्रीदर ३७ रुपैयाँ १७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

