काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ ८३ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४१ रुपैयाँ ७३ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ३६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ६६ पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५२ रुपैयाँ ७० पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २९ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ३१ पैसा, बिक्रीदर १ सय रुपैयाँ ७६ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८ रुपैयाँ ९३ पैसा तय भएको छ ।
साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा, बिक्रीदर ३७ रुपैयाँ १५ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

