यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ ६३ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ २३ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४१ रुपैयाँ ४८ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ११ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ६ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५१ रुपैयाँ ९३ पैसा, बिक्रीदर १ सय ५२ रुपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा, बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा, बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा, बिक्रीदर १ सय रुपैयाँ ३९ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ७५ पैसा, बिक्रीदर ८ रुपैयाँ ७९ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा, बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा, बिक्रीदर ३७ रुपैयाँ ९ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *