यस्तो छ मंगलबारको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ ५७ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ १७ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४१ रुपैयाँ ८ पैसा, बिक्रीदर १ सय ४१ रुपैयाँ ७१ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५१ रुपैयाँ २२ पैसा, बिक्रीदर १ सय ५१ रुपैयाँ ८९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा, बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा, बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा, बिक्रीदर १ सय रुपैयाँ ३७ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ७१ पैसा, बिक्रीदर ८ रुपैयाँ ७५ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा, बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा, बिक्रीदर ३७ रुपैयाँ ६ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *