विदेशी मुद्राको विनिमय दर: कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ ८२ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४० रुपैयाँ ५२ पैसा, बिक्रीदर १ सय ४१ रुपैयाँ १४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५१ रुपैयाँ ७५ पैसा, बिक्रीदर १ सय ५२ रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा, बिक्रीदर ८८ रुपैयाँ २ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा, बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ४ पैसा, बिक्रीदर १ सय रुपैयाँ ४९ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ७३ पैसा, बिक्रीदर ८ रुपैयाँ ७७ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा, बिक्रीदर ३६ रुपैयाँ ७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा, बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *