काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६४ हजार रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६५ हजार ५ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ९ सय ४० निर्धारण गरिएको छ ।

